August 23, 2017

आईसीसी च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियन टिमको घोषणा

काठमाण्डौ, ७ वैशाख । यो वर्ष जुन महिनामा इंग्ल्यान्डमा हुने आईसीसी च्याम्पियन्स ट्रफीको लागि अष्ट्रेलियाको क्रिकेट बोर्डले १५ खेलाडीको नाम घोषणा गरेको छ ।

अष्ट्रेलिया च्याम्पियन्स ट्रफीको समूह ‘बी’ मा परेको छ । उक्त समूहमा अष्ट्रेलियासँगै न्युजिल्याण्ड, इंग्ल्याण्ड र बंगलादेश रहेका छन् । अष्ट्रेलियाले पहिलो खेलमा न्युजिल्याण्डको सामना गर्दै च्याम्पियन्स ट्रफीको यात्रा सुरुवात गर्नेछ ।

यदि अष्ट्रेलियाको १५ सदस्यीय टोलीमाथि नजर लाउने हो भने ब्याट्सम्यानको पकड राम्रो देख्न सकिन्छ । जहाँ डेविड वार्नर, आरोन फिन्च, क्रिस लिन र स्टिभ स्मिथजस्ता ब्याट्सम्यानलाई सामेल गरिएको छ । विकेटकिपिङको जिम्मा म्याथ्यु वेडलाई दिइएको छ । वेड टेस्ट र एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाको महत्वपूर्ण हिस्सा बनिसकेका छन् ।

बलिङको जिम्मा भने मिचेल स्टार्क, जोश हेजलउड र प्याट कमिङ्सलाई दिइएको छ । कमिङ्स झण्डै एकवर्षपछि एकदिवसीय टिममा फर्केका हुन् । साथै स्पिन बलरको रुपमा एडम जम्पालाई पनि छानिएको छ । यद्दपि आवश्यक पर्दा अलराउन्डर ग्लेन म्याक्सवेलले पनि बलिङ गर्नेछन् ।

च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियन टिम निम्न अनुसारको छ–

स्टिभ स्मिथ (कप्तान), डेविड वार्नर (उप–कप्तान), प्याट कमिङ्स, आरोन फिन्च, जन हेस्टिङ्स, जोश हेजलउड, ट्रेविस हेड, मोईसिस हेन्रिक्स, क्रिस लेन, ग्लेन म्याक्सवेल, जेम्स प्याटिन्सन, मिचेल स्टार्क, मार्कस् स्टोयनिस, म्याथ्यु वेड (विकेटकिपर) र एडम जम्पा ।