November 18, 2017

आईपीएलमा पहिलो पटक अष्ट्रेलियाका ३ कप्तान

काठमाण्डौ, २७ फाल्गुन । ‘आईपीएल सिजन १०’ मा पहिलो पटक अष्ट्रेलियाका ३ खेलाडीले कप्तानका रुपमा ३ टिमको जिम्मेवारी समाल्दै छन् ।

पूर्व अष्ट्रेलियाका कप्तान डेविड वार्नर पुनः सनराईज हैदराबादका कप्तान हुनेछन् । अष्ट्रेलियाका वर्तमान कप्तान स्टीव स्मिथले राइजिङ पुणे सुपरजायन्ट्बाट कप्तानी गर्दैछन् ।

त्यसैगरी अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले किंग्स इलावेन पञ्जावबाट कप्तानको नेतृत्व गर्दैछन् ।‘आईपीएल सिजन १’ मा अष्ट्रेलियाका शेन वार्नले राजस्थान रोयल्स र एडम गिलक्रिस्टले डेकन चार्जर्सबाट कप्तानको भूमिका निर्वाह गरेका थिए ।