August 19, 2017

आईपिएल २०१७ मा पहिलो ह्याट्रिक सामुयल बद्रीको नाममा

काठमाण्डौ, १ वैशाख । रोयल च्यालेन्जर्स बैंगलोरका स्पिनर सामुयल बद्रीले सन् २०१७ को आइपिएलको दशौं संस्करणमा पहिलो ह्याट्रिक लिएका छन् ।

१ सय ४३ रनको लक्ष्य पछ्याइरहेको मुम्बई इन्डियन्सका पार्थिव पटेल, रोहित शर्मा र म्याक्लेनाघनको विकेट लिँदै बद्रीले तेस्रो ओभरमा ह्याट्रिक गरेका हुन् । बद्रीको बलमा पटेल र म्याक्लेनाघन क्याच आउट भए भने रोहित बोल्ड भए ।

यो आईपिएलकै १५ औं ह्याट्रिक हो । बद्री  बैंगलोरबाट ह्याट्रिक गर्ने दोस्रो खेलाडी पनि बनेका छन् ।