October 24, 2017

‘आईपिएल १०’ मा ८ छुट्टाछुट्टै ओपनिङ सेरेमनी

काठमाण्डौ, २२ चैत्र । भारतमा बुधबारबाट हुन लागेको इन्डियन प्रिमियर लिग (आईपिएल) को दशौं संस्करणमा ८ छुट्टाछुट्टै ठाउँमा ओपनिङ सेरेमनी हुँदैछ ।

आईपिएलका चेयरम्यान राजीव शुक्लले भने, ‘लिगमा खेल्ने सबै ८ टिमको घरेलु मैदानमा पहिलो खेल हुनु पूर्व सेरेमनी हुनेछ ।’ उक्त सेरेमनीमा परिणीति चोपडा, टाइगर श्रफ, श्रद्धा कपूर लगायतका बलिउड कलाकारको पनि भव्य प्रस्तुति रहनेछ ।

बुधबार हुने पहिलो खेलमा सन् २०१६ का फाइनलिस्ट सनराइज हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।