October 22, 2017

आईएसको आक्रमणमा परी ३० भन्दा बढि नागरिकको मृत्यु

काठमाण्डौ, २३ चैत्र । इराकी शहर टिक्रिटमा गए राति इस्लामिक स्टेट आतंकवादीहरुले गरेको आक्रमणमा परी ३० भन्दा बढि नागरिकहरुको मृत्यु भएको छ ।

प्रहरी स्रोतले बीबीसीलाई भन्यो, ‘आतंकवादीहरुले केन्द्रीय जुहुर जिल्लाका अधिकारीहरुलाई निशाना बनाएका थिए र फेरी नजिकैका नागरिकहरु रहेका स्थानमा अन्धाधुन्ध आगो लगाए ।’

पुलिससँग भएको मुठभेडमा दुई आतंकवादीहरुले विस्फोटक आत्मघाती बेल्ट विस्फोट गराएका थिए ।

‘टिक्रिट’ शहर इराकबाट दक्षिणतर्फ १ सय ८५ किलोमिटर पर पर्दछ । जिहादी समूहले देशभर धेरै आश्चार्यचकित हमला सुरु गरेका छन् । यो क्रियाकलाप लगभग ६ महिना देखि जारी छ ।

पुलिस कर्नेल खालिद महमुदले रोयटर्सलाई भने, ‘मंगलबार राति भएको हमलामा लगभग १० उग्रवादी पुलिसको बर्दीमा सामेल थिए ।’

शहरी अस्पतालका एक डाक्टरले ३४ जना मारिएको र अरु ४६ जना घाइते भएका र तीमध्ये धेरै नागरिक रहेको बीबीसीलाई बताए ।