आईएमई बाट पैसा पठाउदा गाडी उपहार पाउने ज्ञान बहादुर क्षेत्री सम्मानित

काठमाण्डौ, २७ फाल्गुन । कतारस्थित रिया मनी ट्रान्सफर सञ्जालको नेशनल एक्सचेन्ज बाट आईएमई गरी पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार पाउने ज्ञान बहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ ।

क्षेत्रीले गत महिना रिया मनी ट्रान्सफर सञ्जालको नेशनल एक्सचेन्ज बाट १ लाख २० हजार नेपाली रुपैयाँ रुपन्देही स्थित घरमा पठाएका थिए ।

आईएमईमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा आईएमई केन्द्रीय कार्यालय पानी पोखरीका वरिष्ठ प्रवन्धक द्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले संयुक्त रूपमा क्षेत्रीलाई सम्मान गरेका हुन् ।आईएमईले आफ्नो १६औँ वार्षिक उत्सवको उपलक्ष्यमा क्षेत्रीलाई सम्मान गरेको हो ।
नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने उद्देश्यले स्थापना भएको आईएमईका हाल ७५ जिल्लामा गरी ५ हजार ७ सयभन्दा बढी सव–एजेन्ट रहेका छन् ।