आइसीआरसीका ६ कर्मचारीको हत्या

२६ माघ, काठमाण्डौ (रोयटर्स) । अफगानिस्तानमा इन्टरनेसनल कमिटी अफ द रेडक्रस (आइसीआरसी) का ६ कर्मचारीको हत्या भएको छ ।
उत्तरी अफगानिस्तानको जोजान प्रान्तमा बुधबार आतंककारी संगठन इस्लामिक स्टेटका बन्दुकधारीले उनीहरुको हत्या गरेको जनाइएको छ ।

आक्रमणपछि दुई कर्मचारी हराइरहेको आईसीआरसीका प्रवक्ता टमस ग्लासलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।