May 23, 2017

आइसिसिका आध्यक्ष शशांक मनाेहरद्वारा राजीनामा

काठमाण्डौ, २ चैत्र । अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी)का अध्यक्ष शशांक मनोहरले पदबाट राजीनामा दिएका छन् ।

भारतीय क्रिकेट बोर्डका (बिसिसिआई)का पूर्व अध्यक्ष मनोहर ८ महिना अघि आइसिसीको अध्यक्ष पदमा नियुक्त भएका थिए । उनले बुधबार आइसिसीलाई आफ्नो राजीनामा सुम्पिएका हुन ।

मनोहरलाई २०१६ मा स्वतन्त्र व्यक्तिको रुपमा अध्यक्ष छानिएको थियो । उनको कार्यकाल २ वर्षको थियो ।

मनोहर माथि क्रिकेटको सुपरपावर मानिने भारत, इङल्यान्ड र अस्ट्रेलियाको भूमिकालाई कमजोर पारेको र आर्थिक रुपमा बलियो मानिएको भारतलाई घाटामा पुर्याएको आरोप छ ।

उनले आइसिसीका सिईओ डेभिड रिचर्डसनलाई राजीनामा सुम्पिने क्रममा आफूले बिना कुनै भेदभाव काम गरेको बताएका छन् ।

उनले नीजि कारणले राजीनामा गरेको बताएका छन् । र आफूलाई सबैबाट सहयोग भएकोमा धन्यबाद भनेका छन् ।