June 26, 2017

आइजीपी नियुक्ति बिवादबारे सर्बोच्चमा आज बहस हुने

काठमाण्डौ, ११ फाल्गुन । नेपाल प्रहरीको आइजीपी नियुक्तिको बिवादबारे आज सर्वोच्च अदालतमा बहस हुँदैछ ।

डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयलाई सर्बोच्च अदालतले यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशको सुनुवाइ आज हुन लागेको हो ।

सरकारले तेस्रो बरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि अधिवक्ता कपिलदेव ढकालले सर्बोच्चमा रिट दायर गरेका थिए ।

त्यसपछि पहिलो बरियताका डिआइजी नवराज सिलवालले पनि आफू आइजीपी हुन किन नसक्ने भन्दै अर्को रिट दायर गरेका हुन ।

प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।