August 20, 2017

आइजीपी नियुक्तिमा सर्वोच्चद्वारा अन्तरिम आदेशलाई निरन्तरता

काठमाण्डौ, १८ फाल्गुन । प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।
सर्वोच्चले जयबहादुर चन्दलाई आइजीपीमा बढुवा नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिदै अन्तरिम आदेश जारी गरेको
छ । बुधबार अदालतले चन्दलाई आइजीपीमा बढुवा गर्नुपर्ने कारण तीन दिनभित्र लिखित रुपमा पेस गर्न पनि सरकारलाई आदेश दिएको छ ।
चन्दको बढुवाविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । सरकारले चन्दलाई फागुन १ गते आइजीपीमा बढुवा गरेको थियो ।