October 23, 2017

आइजिपी बढुवा विरुद्ध सर्वोच्चमा परेको रिटमाथि विहिबार पनि सुनुवाइ हुन सकेन

काठमाण्डौ, ३ चैत्र । सरकारले डिआइजी चन्दलाई आइजिपीमा बढुवा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि विहीबार पनि सुनुवाई हुन सकेन ।

आइजिपीका दाबेदार सिलवाल र नियुक्ति अघि र पछि अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए ।

रिटमाथिको पहिलो सुनुवाइमा प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले चन्दलाई गरेको बढुवा यथास्थानमा राख्न आदेश दिएकी थिइन् ।

यो रिटका दुवैपक्षको बहस सुनेर पनि न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासले यथास्थानमा राख्ने निणर्यलाई निरन्तरता दिँदै अन्तिम सुनुवाई विहीबारलाई तोकेको थियो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले यो रिटमाथिको सुनुवाई चैत ६ गतेलाई सारेको छ । ६ गते भने पूर्ण इजलासमा राख्ने आदेश गरेको उक्त इजलासले बढुवा गर्दाको मुल्याङन फाइल पनि पठाउन सरकारलाई आदेश गरेको छ ।