प्रकाश अर्याल प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाण्डौ,२९ चैत्र । सर्वोच्च अदालतको आदेशलाई ‘सम्मान गर्दै मन्त्रिपरिषद्ले सोमबार डीआईजी प्रकाश अर्याललाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।

अर्यालले सोमबार राति नै गृहसचिव लोकदर्शन रेग्मीद्वारा गृह मन्त्रालयमा  दर्ज्यानी चिह्न ग्रहण गरी प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार सम्हालेका छन ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दोस्रो वरियताको दाबी गर्दै क्याबिनेट बहिष्कार गरेका कारण झन्डै तीन सातासम्म बैठक बस्न नसकी अन्ततः सोमबार साँझ उनकै अनुपस्थितिमा भएको बैठकले विगत चार वर्षको कार्यसम्पादनका आधारमा अर्याललाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद्ले अर्का डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक पदमा नियुक्त गरेपछि वरियतासँगै आफ्नो पात्रतालाई अवमूल्यन गरेको दाबीसहित सर्वोच्च पुगेका डीआईजी नवराज सिलवालले चन्दको नियुक्ति रद्द गराउन सफल भए पनि क्याबिनेटले अर्याललाई कार्यसम्पादनअनुसार अगाडि ठहर्याएको हो । यो खबर आजको अन्नपूर्णमा छ ।