October 24, 2017

आइएस भन्छ– अमेरिका मूर्खहरुले चलाइरहेका छन्

काठमाण्डौ, २३ चैत्र । इस्लामिक स्टेट (आईएस) का प्रवक्ता एबी अल–हसन अल–मुहजिरले अमेरिकालाई अहिले मूर्खहरुले चलाइरहेको बताएका छन् ।

‘अमेरिका डुबिसकेको छ, यसलाई उद्धार गर्ने कोही छैन । अमेरिकी सिपाहीहरु विभिन्न स्थानमा शिकार भएका छन्, जसले प्रत्यक्ष विनाशको संकेत देखाइरहेको छ ।’ आईएस प्रवत्ता मुहजिरले थपे ।

विश्वलाई आतंकवादबाट थर्काउने र डराउने लक्ष्य लिएको आईएसको यो भनाइलाई अमेरिकाले कसरी लिनेछ त्यो त समयले नै बताउने छ ।