October 24, 2017

‘अ फ्लाइंग जाट’ को असफलताले गर्दा डिप्रेसनमा आएको थिएँः टाइगर

काठमाण्डौ, १७ फाल्गुन । चर्चित अभिनेता ज्याकी श्रफका छोरा टाइगर श्रफले आफ्नो पछिल्लो फिल्म ‘अ फ्लाइंग जाट’ को असफलताले गर्दा डिप्रेसनमा आएको बताएका छन् ।

रेमो डि सोजाले निर्देशन गरेको उक्त चलचित्रमा ज्याकलिन फर्नान्डेजले उनलाई साथ दिएकी थिइन् । उक्त चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन ।

टाइगरले भने, ‘जब म मुन्ना माइकल को सुटिङ गरिरहेको थिएँ, त्यतिबेला पनि म डिप्रेसनमा थिएँ ।’ ‘मुन्ना माइकल’ उनको अब आउने फिल्म हो ।

बागी जस्तो सफल चलचित्रबाट चर्चा बटुलिरहेका टाइगरलाई ‘अ फ्लाइंग जाट’ ले निराशा गराएपछि उनी डिप्रेसनमा आएका हुन् ।