August 22, 2017

आन्दोलन उग्र हुनथालेपछि राजविराजमा कर्फ्यू

काठमाडौं, २४ फाल्गुन । सोमबारको घटनालाई लिएर तोडफोड र आगजनीका घटना बढन थालेपछि  स्थानिय प्रशासनले  सदरमुकाम राजविराजमा कर्फ्यु आदेश जारी गरेको छ ।

अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो । सोमबार एमालेकाे मेची महाकाली अभियान अन्तर्गत राजविराजमा अायाेजित अामसभा विथाेल्ने काेशिस गर्दा मधेसी माेर्चाका कार्यकर्ता र प्रहरीबीचकाे दाेहाेराे झडपमा तीन जना माेर्चा कार्यकर्ताकाे मृत्यू भएकाे थियाे ।

उक्त घटनकाे विराेधमा अाज राजविराज र अासपासका क्षेत्रमा मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालय तोडफोड र आगजानी तीव्र बनाएपछि परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ।