August 23, 2017

अाज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रमका साथ मनाइदै

विश्व प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गरि बुधबार मनाईदैं छ । ‘संवेदनशील समयका लागि संवेदनशील विचार  शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ नाराका साथ नेपालमा पत्रकार महासंघले बिभिन्न कार्यक्रम आयोजना गरेको छ ।

दिवसका अबसरमा महासंघले काठमाडौमा प्रभातफेरीको गरेको थियो । नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरि माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले अझै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गर्न नसकेको बताउनुभयो । उनले संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरे पनि विभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेको बताए । पत्रकारितामार्फत मुलुकलाई परिवर्तन सम्भव रहेको भन्दै विष्टले लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रता आवश्यक रहने बताए ।
महासचिव उजिर मगरले यस वर्ष ७१ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको जानकारी गराए । त्यसैगरी, पत्रकारमाथि धम्कीका सात, सञ्चार क्षेत्रमा क्रियाशील सङ्घसंस्थामा तालाबन्दी तथा कब्जाका सात र छजना पत्रकारलाई समाचार सङ्कलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको जनाइएको छ ।