November 17, 2017

अागामी चुनावबाट बहुमत सहित एमाले पहिलो पार्टी : केपी अाेली

काठमाण्डौ ३१ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचन मार्फत संसदमा नेकपा एमाले बहुमत प्राप्त पहिलो पार्टी बन्ने दाबी गरेका छन ।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आसन्न निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले शान्ति र समृद्धिको पक्षमा एमाले अग्रभागमा रहेकाले आगामी निर्वाचनमा पनि एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताए  ।

ओलीले अबको २ महिनापछि एमालेसँग संघीय र प्रादेशिक दुवै सरकार हुने पनि बताए । कम्युनिष्टको जित हुन्छ भनेर नै प्रतिकृयावादी एक हुन थालेको भन्दै उनले प्रतिकृयावादीहरु एक भएपनि बामपन्थी एकतामा कुनै असर नहुने बताए ।

गठबन्धन र एकतालाई सबैले इमान्दार भएर सफल बनाउनुको विकल्प नभएको ओलीको भनाई छ । कार्यक्रममा एमाले नेता माधव कुमार नेपालले नोपाली कांग्रेस संविधान कार्यन्वयनप्रति गम्भिर नभएको अारोप लगाए ।

नेता नेपालले अवश्यकता र पार्टी हितमै माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको भन्दै मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनलाई जिताउँन आग्रह गरे । कार्यक्रममा कंग्रेस तनहुका नेता माधव पन्त लगायत काठमाडौका केही खेलाडीहरु एमाले प्रवेश गरेका थिए ।