October 18, 2017

अागलागीबाट लाखौकाे क्षती

दिनेश शर्मा /राजविराज, १८ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा आईतवार साँझ भएको आगलागीबाट करिव ५ लाख मुल्य बराबरको क्षति भएको छ । आगलागिममा पशुचौपायको पनि क्षती भएको छ ।
स्थानीय मोहम्मद अलाउदिन मियाँको गाईगोठमा अचानक सुरु भएको आगलागीले उनको फुसको छानो भएको गोठ र गोठमा भएका २ वटा गोरु समेत जलेर क्षती भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा स्वम् मिया समेत घाईते भएका छन् ।
शरिरको बिभिन्न भागमा आगोले पोलेर घाईते भएका मियाँलाई उपचारका लागि सिरहाको लान स्थित राउ स्मारक अस्पतालमा भर्ना गरिएको छ । सोहि आगोले छिमेकी भीमनारायण साह र हरिनारायण साहको फुसको पनि घर जलेको प्रहरीले जनाएको छ ।
आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ।