June 23, 2017

 अाइएससँग लडन सिरियाको रक्कामा अमेरिकाले पठायो ४ सय सेना

 काठमाण्डौ २७ फाल्गुन । अमेरिकाले सिरियाको रक्का हमलाको लागि ४ सय सेना पठाएको छ ।

आतंकबादी संगठन आइएसको नियन्त्रणमा रहेका रक्का क्षेत्रमा हमलाको लागी अमेरिकाले ४ सय थप सेना पठाएको हो । अमेरिकी सेनाले स्थानीय फोर्ससंग मिलेर आइएस बिरुद्ध सयुक्त कारबाही गर्नेछ ।

यस अघि ह्वाइट हाउसले  १ हजार भन्दा बढी बिशेष फोर्स सिरियामा पठाउनका लागि तयारी अवस्थामा रहेको बताएको थियो । बिहिबार मात्र अमेरिकी गठबन्धनको हवाई आक्रमणमा उक्त  क्षेत्रमा २३ भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो ।