अांशिक प्राध्यापकहरु प्रधानमन्त्री निवास बाहिर धर्नामा

काठमाण्डौ ३१ असार । नेपाल आशिंक प्राध्यापक संघ नेपालले पछिल्लो पटक सरकारसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री निवास बालुवाटार बाहिर धर्ना दिएका छन् ।
बर्षौदेखि आशिंक रुपमा क्याम्पसमा प्राध्यापन गराइरहेका प्राध्यापकलाई प्रकृया पुर्याएर करार गर्नुपर्ने , बौद्धिक शोषण अन्त्य हुनुपर्ने लगाएका बिषयमा यसअघि भएको सहमति कार्यान्वयन नभएको उनीहरुको गुनासो छ ।

आफुहरुसंग पटक पटक भएको सम्झौता कार्यान्वयन नहुदा नहुदै पनि पछिल्लो पटक भएको सहमति अनुसार आफुहरुले आन्दोलन फिर्ता लिएपनि सरकार उदासिन रहेको उनीहरुले जनाएका छन् । सहमति कार्यान्वयन नभएसम्म निरन्तर आन्दोलनका कार्यक्रमलाई जारी राख्ने संघले जनाएको छ ।
२०६५ सालयता तीनपटक आफुहरुसंग सरकार र त्रिभुवन विश्वविद्यालयले गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलित भएका हुन् ।
आफ्नो माग पुरा गर्न सरोकारवाला तयार नभए आन्दोलनको अर्को कार्यक्रम सार्वजनिक गरिने संघले चेतावनी दिएको छ ।