October 24, 2017

अष्ट्रेलिया विरुद्धकाे टेस्ट खेल्ने बारे काेहली अन्योलमा

काठमाण्डौ, ११ चैत्र । भारतीय टेस्ट क्रिकेटका कप्तान अर्थात् मध्यक्रमका ब्याट्सम्यान विराट कोहलीले अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा खेल्ने कि नखेल्नेबारे अझै अन्योल छ ।

शनिबारबाट सुरु हुने खेलमा चोटका कारण कप्तानको स्थान युवा खेलाडी श्रेयश आएरले लिन सक्ने अधिकांश भारतीय मिडियाहरुले बताएका छन् ।

कोहली काँधमा भएको चोटका कारण अझै समस्यामा छन् । बललाई बाउन्ड्री हुन नदिनका लागि डाइभ हान्ने क्रममा उनको काँधमा चोट लागेको थियो ।

खेलपूर्वको नेट प्राक्टिसमा पनि कोहलीले ब्याट गर्न नसक्दा भारतीय टोलीले दबाबको महशुस गरेको छ । यदि कप्तानले खेल्न सकेनन् पनि उनको कप्तानी उप–कप्तान अजिन्क्या राहाणेले सम्हाल्नेछन् ।