October 22, 2017

अष्ट्रेलियामा बिनाशकारी आँधीबेहेरी

काठमाण्डौ,१५चैत्र ।अष्ट्रेलियाको क्विन्जल्याण्डतर्फ अघि बढिरहेको एउटा शक्तिशाली साइक्लोनले नजिकैका टापुमा अवस्थित कयौं पर्यटकिय क्षेत्र र त्यहाँ आसपासका क्षेत्रमा प्रभाव पारेको छ ।

तटिय शहरहरुबाट हजारौँ मान्छेलाई सुरक्षित स्थानमा लगिएको छ र घरहरुलाई बालुवा भरिएका बोराले घेरेर राखिएका छन्। साथै झ्याल ढोकालाई सुरक्षित पारिएका छन् ।

क्विन्जल्याण्ड प्रान्तकी सरकार प्रमुख एनसटेजा प्यालासेले डेबी नामक उक्त साइक्लोनलाई बिनासको संज्ञा दिएकी छन । र आफ्नो राज्यले एउटा लामो र कठिन दिन खेपिरहेको बताएकी छन ।

उक्त साइक्लोन क्याटेगोरी फोरको आँधीका रुपमा २ सय ८० किलोमिटर प्रतिघण्टा सम्मको वेगले अघि बढ्ने ठानिएको विदेशि सञ्चार माध्यमहरुले जनाएका छन् ।