August 17, 2017

अवैध रुपमा घरेलु मदिरा बिक्री वितरण गर्नेहरु पक्राउ

दिनेश शर्मा
राजविराज, २२ चैत्र । चालु आर्थिक वर्ष ०७३/०७४ को ९ महिना भित्रै ४६ जना अवैध घरेलु मदिरा व्यापारी कारबाहीमा परेका छन् । आन्तरिक राजस्व कार्यालय लहानले उनीहरुमाथि कारबाही गरेको हो ।

सप्तरीसहित सुनसरी, उदयपुर लगायतका जिल्लामा अत्याधिक रुपमा अवैध घरेलु मदिरा उत्पादन हुने गरेको गुनासो पछि आन्तरिक राजस्व कार्यालयले अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने व्यापारीहरुलाई कारबाही गरेको हो ।

 

चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको अवधिमा अवैध घरेलु मदिरा सम्बन्धी २५ वटा मुद्दामा ४६ जनामाथि कारबाही गरिएको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।

कारबाही गरिएका ४६ जनाहरुबाट ५ हजारका दरले २ लाख ३० हजार जरिवाना बापत राजस्व संकलन भएको प्रमुख अधिकारीले बताए ।