अवैध मुद्रा सहित नेपालगञ्जमा ४ जना पक्राउ

काठमाण्डौ, ४ चैत्र । नेपाल प्रहरीको भेरी क्षेत्रीय कार्यालय बाँकेले भारतीय र नेपाली अवैध मुद्रासहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगन्ज–४ का सन्तोष राय, कटकुईया–७ का २८ वर्षीय अहमद अन्सारी, कटकुईया–४ का नुर महमद खान र नेपालगन्ज–१ का ३२ वर्षीय राजेश कुम्हार रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट २० लाख चारहजार दुईसय ८० भारतीय रुपैंया र सात लाख ३२ हजार आठसय ४० नेपाली रुपैंया बरामद छ ।

उनीहरुको उक्त रकमको स्रोत नखुलाएको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।