अविरल बर्षासंगैकाे बाढी, पहिरो र डुवानबाट देशभरीमा ३० जनाकाे मृत्यु २ दर्जन बेपत्ता, हजारौ घरपरिवार विस्थापित

काठमाडौं २८ साउन । शुक्रबार राति  देखिकाे अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुवानले देशभरकाे जनजीवन प्रभावित बनाएकाे छ ।

गृहमन्त्रालयका अनुसार बाढी पहिरो र डुवानका कारण विभिन्न जिल्लामा हालसम्म  ३० जनाकाे ज्यान गएकाे छ भने दुई दर्जन मानिसहरु हराइरहेका छन दर्जनौ घर नष्ट भएका छन । हजारौ बिघामा लगाइएकाे अन्नबाली नष्ट भएकाे अनुमान गरिएकाे छ । कतिपय जिल्लामा विध्युत सेवा अवरुद्द भएकाे छ ।

गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परेर सुनसरीमा ७, झापामा ४, मोरङमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ४, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी ३० जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार कैलाली, बर्दिया, बांके ,झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही  रौतहट, जनकपुर लगायतका तराईका अधिकांश जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । डुवानका कारण देशभरी हजारौ घरपरिवार विस्थापीत भएका छन ।

नवलपरासी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित दाउन्ने उकालोमा सडक भत्केर यातायात अवरुद्ध भएको छ।

रौतहटको चन्द्रनिगाहपुर बागमती सडक खण्डको पौराइ जंगलमा  बाढीका कारण सवारी साधन रोकिएका छन् र हजारौ यात्रुहरु समस्यामा छन्

बाढीका कारण बिराटनगरकाे जनजीवन धेरै प्रभावित भएकाे छ करिब दुई हजार घर डुवानमा परेकाे बताइएकाे छ भने बिराटनगर एअरपोर्टमा पानीकाे सतह ३ फिट माथिसम्म अाएकाे छ ।  शुक्रबार देखि बिराटनगर एअरपोर्टबाट हवाइसेवा अवरुद्द भएकाे छ ।

दाङमा बबईको बाढीले तुल्सीपुर बजारलाई डुबानमा पारेको छ भने राजमार्ग भत्किँदा घोराहीसँगको सम्पर्क विच्छेद भएको छ । माैषमविदहरूले अाइतबार पनि पानी पर्ने अनुमान गरेका छन ।