August 19, 2017

अवकाश प्राप्त गोर्खाली सैनिक पेन्सन प्राप्त गर्न संघर्ष गर्दै

काठमाण्डौ, २४ फाल्गुन । सन् १९६२ को भारत र चीनको युद्धमा संलग्न गोर्खाली सैनिक आज पनि आफ्नो पेन्सनलाई लिएर चिन्तित छन् ।

‘द हिन्दू’ मा छापिएको समाचार अनुसार ८२ वर्षीय लोहितपुर, अरुणाचल प्रदेशमा रहने गंगा बहादुर थापा आज पनि पेन्सनको लागि संघर्ष गर्दैछन् ।

यस्तै गंगा बहादुरजस्ता कयौं गोर्खाली सैनिक पेन्सन लिनको लागि नेपाल आउनुपर्ने वाध्यता छ । जब कि लोहितपुरबाट नेपाल आउन झण्डै १६ सय किलोमिटरको दूरी पार गर्नुपर्छ ।

भारतमा अवकासप्राप्त  गोर्खाली सैनिककाे सँख्या  १ लाख २६ हजार रहेकाे बताइन्छ ।’ नेपाली भएपनि भारतीय सेनाको हरेक युद्धमा संलग्न भएका यी सैनिकहरुले न त सजिलै पेन्सन पाउछन न त स्वास्थ्य सेवा द हिन्दूले लेखेकाे छ ।’

भारतीय सेनामा हाल ३६ हजार गाेर्खाली सैनिक सेवारत छन । अवकासप्राप्त तर भारतमै बसिरहेका हजाराै गाेर्खाली सैनिकहरु पेन्सन पनि भारतमै उपलव्ध हाेस भन्ने चाहना राख्छन तर भारत सरकारले उनीहरुकाे सुनवाई गरेकाे छैन ।