October 23, 2017

अर्बपतिको सूचिमा चौधरी १ हजार ५ सय ६७ औं स्थानमा

काठमाण्डौ, ८ चैत्र । अमेरिकी पत्रिका फ्रोब्सले निकालेको विश्वका २ हजार ४३ अर्बपतिहरुको सूचिमा चौधरी ग्रुपका मालिक विनोद चौधरी १ हजार ५ सय ६७ औं स्थानमा परेका छन् ।

सन् २०१३ मा प्रथमपटक अर्बपतिको सूचिमा सामेल चौधरीको सम्पत्ति १.३१ बिलियन अमेरिकी डलर रहेको छ । यो गतवर्षको भन्दा २ सय १० मिलियनले बढि हो ।

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स ८६ बिलियन डलरका साथ प्रथम स्थानमा छन् । त्यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः ७५.६ बिलियन अमेरिकी डलरका साथ वारेन बफेट र ७२.८ बिलियन डलरका साथ अमेजनका संस्थापक जेफ बेजोज छन् ।

विश्वप्रसिद्ध सामाजिक सञ्जालका संस्थापक मार्क जुकरबर्ग यो सूचिको ५ औं स्थानमा छन् । देशको हिसाबमा भने ५ सय ५६ अर्बपतिका साथ अमेरिका प्रथम, ३ सय १९ अर्बपतिका साथ चीन दोस्रो र जर्मन १ सय १४ अर्बपतिका साथ तेस्रो स्थानमा छ ।