October 24, 2017

अर्जुन रामपालमाथि फोटोग्राफरलाई कुटपिट गरेको आरोप

काठमाण्डौ, २७ चैत्र । बलिउड अभिनेता अर्जुन रामपाललाई फोटोग्राफरलाई कुटपिट गरेको आरोप लागेको छ । फोटोग्राफरले फोटो खिच्न खोज्दा रामपाल भड्किएका थिए र उनले फोटोग्राफरको हातबाट क्यामेरा खोसेर फलिदिएपछि कुटपिट गरेका थिए ।

रामपालले फालेको क्यामेराले लागेर एक व्यक्ति घाइते भएका छन् । यो घटनालाई लिएर पुलिसले उजुरी दर्ता गराएको छ । जानकारीको अनुसार यो घटना दिल्लीको ५ तारे होटल ‘साङ्रिला’ मा आईतबार बिहान ३ः ३० मा भएको बताइएको छ ।

पछिल्लो महिना अर्का अभिनेता सञ्जय दत्तमाथि यस्तै झमेला आइलागेको थियो । आगरामा उनका बडिगार्डले एक रिपोर्टरलाई धकेलिदिएका थिए । जसको कारण सञ्जय दत्तले माफी नै माग्नु परेको थियो ।