August 17, 2017

अर्जुनले भने, ‘पर्दामा बेस्ट किसर आलिया’

काठमाण्डौ, ११ चैत्र । अभिनेता अर्जुन कपूरले भरखर नेहा धूपियाको च्याट शो मा एउटा रोमाञ्चक कुराको खुलासा गरेका छन् ।

जसरी उनका साथी रणवीर सिंहले दीपिका पादुकोणलाई ‘किस’ उपनामले बोलाउने गर्दछन् । यही सिलसिलामा अर्जुनले उनको नजरमा पर्दामा किस गर्न बेस्ट आलिया भट्ट हुने जवाफ दिए ।

नेहा धूपियाले सञ्चालन गर्ने कार्यक्रम ‘नो फिल्टर नेहा’ मा अर्जुनले यसो भनेका हुन् । उनलाई नेहाले पर्दामा परिणीति चोपडा, करीना कपूर खान, दीपिका पादुकोण र आलिया भट्ट मध्ये बेस्ट किसर को हुन् भनेर सोधेकी थिइन् । अर्जुन र आलिया अभिनय गरेको फिल्म ‘टु स्टेट’ मा दुई जनाको जोडीलाई निकै तारिफ गरिएको थियो ।

यो फिल्म चेतन भगतको उपन्यासमा आधारित थियो । अर्जुनको अबको फिल्म पनि चेतन भगतकै प्रसिद्ध उपन्यास ‘हाफ गलफ्रेन्ड’ मा आधारित छ । यो फिल्ममा अर्जुनलाई श्रद्धा कपूरले साथ दिँदैछिन् ।