August 19, 2017

अमेरिकी विश्वविद्यालयले गायिका लेडी गागाको जीवनमा आधारित पाठ्यक्रम पढाउने

काठमाण्डौ, १५ चैत्र । अमेरिकाको साउथ क्यारोलिना विश्वविद्यालयले प्रसिद्ध अमेरिकी गायिका लेडी गागाको जीवनी, काम र सफलतामा आधारित रहेर समाजशास्त्रको पाठ्यक्रम पढाउने भएको छ ।

‘लेडी गागा एण्ड द सोसियोलोजी अफ द फेम’ नामको पाठ्यक्रम सन् २०११ मा नै तयार पारिएको थियो ।

आजबाट ३१ वर्ष लागेकी गागाले अहिलेसम्म अमेरिकाको प्रसिद्ध अवार्ड ‘ग्राम्मी अवार्ड’ ६ पटक जितिसकेकी छिन् ।

आफ्नो प्रथम व्यवसायिक एल्बमबाट नै ‘बेस्ट इलेक्ट्रोनिक–डान्स एल्बम’ अवार्ड जितेकी गागाको संसारभरि नै समर्थकहरु रहेका छन् ।