अमेरिकी राष्ट्रपति कार्यालय अगाडी एक व्यक्तिद्वारा अात्महत्या

वासिङटन २० फाल्गुन ।  अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि एक व्यक्तिले आत्महत्या गरेका छन् ।

ह्वाइट हाउस अगाडि उभिएर ति व्यक्तिले हाते बन्दुकले आफैमाथि गोली चलाएका थिए । आत्महत्याको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्ने व्यक्तिको परिचय पनि खुलाइएको छैन । बीबीसीका अनुसार सो घटना हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइहाउसमा थिएनन् । उनी श्रीमतीसहित फ्लोरिडामा थिए ।

ती व्यक्तिले मानिसहरुको भिडभाड भएको क्षेत्रमा उभिएर आफैलाई गोली हानेका थिए । घटनापछि सो क्षेत्रमा भागदौड मच्चिएको थियो । घटनामा अन्य व्यक्ति भने घाइते नभएको प्रहरीले जनाएको छ ।

घटनापछि ह्वाइट हाउस वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।