October 22, 2017

अमेरिकी नौसेना प्रमुख ह्यारी बिन्क्ले ह्यारिस तीन दिने भ्रमणका लागि काठमाडौंमा

काठमाण्डौ ६ चैत्र । अमेरिकी नौसेना प्रमुख ह्यारी बिन्क्ले ह्यारिस ३ दिने भ्रमणका लागि नेपाल आइपुगेका छन ।

काभ्रेको पाँचखालमा सेनाले भोलिदेखि आयोजना गर्न लागेको ‘शान्ति प्रयास’ ३ नामक सैन्य अभ्यासको उदघाटन कार्यक्रममा सहभागी हुन ह्यारिस नेपाल आएका हुन ।

संयुक्त सैन्य अभ्यासमा राष्ट्रसंघीय शान्ति सेनामा सहभागी २७ राष्ट्रले सहभगिता जनाउदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्ने कार्यक्रम चैत २१ गतेसम्म चल्नेछ ।

भ्रमणका क्रममा ह्यारिसले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री प्रकाशशरण महत र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसंग छुट्टाछुट्टै भेटवार्ता  गर्ने कार्यक्रम छ । अमेरिकी नौसेनाका एडमाइरल ह्यारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर समेत हुन ।