अमेरिकी नाइट क्लबमा अन्धाधुन्ध गोली चल्दा १ को मृत्यु, दर्जनौ घाइते

काठमाण्डौ, १३ चैत्र । अमेरिकाको ओहायोस्थित सिनसिनाटी शहरस्थित एक नाइट क्लबमा दुई बन्दुकधारीले अन्धधुन्द गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

सिनसिनाटीस्थित केमियो नाइट क्लबमा भएको दुई बन्धुकधारीले गोली प्रहार गर्दा अन्य १५ जना घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गरी आक्रमणकारी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।