Breaking News

अमेरिकी ड्रोन अाक्रमणमा वरिष्ठ तालिवानी नेताकाे मृत्यु

काबुल १ फाल्गुन । अमेरिकाले गरेको ड्रोन आक्रमणमा पाकिस्तानी तालिवानका बरिष्ठ नेता खालिद मेहसुदको मृत्यु भएको छ ।

अफगानिस्तानको सीमानजिकै उत्तरी वजिरिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा परी तेहरिकइ तालिवान पाकिस्तान (टीटीपी) का उपनेता खालिद मेहसुदको मृत्यु भएको हो ।

मेहसुदको मृत्युपछि पाकिस्तानी तालिवानलाई थप कमजोर बनाएको छ । टीटीपी दर्जनौं आत्मघाती र अन्य आक्रमणमा संलग्न रह“दै आएको छ ।

उनकै कमाण्डमा गत डिसेम्बरमा पाकिस्तानको पेशावरस्थित एउटा क्याम्पसमा आक्रमण गर्दा कम्तिमा ९ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए ।

मेहसुदको मृत्युपछि टीटीपीका लडाकूहरु छिमेकी मुलुक अफगानिस्तानमा शरण लिन बाध्य भएको पाकिस्तानी अधिकारीहरुले दाबी गरेका छन् ।

shares