May 25, 2017

अमेरिकी कलाकार चक बेरीको निधन

काठमाण्डौ ६ चैत्र । अमेरिकी रक एण्ड रोलका वरिष्ठ कलाकार चक बेरीको ९० बर्षको उमेरमा निधन भएको  ।

मिसौरी राज्यको प्रहरीले सेंट चाल्र्स काउन्टीमा उनको निधन भएको पुष्टि गरेको छ ।

आफनाे सात दशक लामो साङ्गितिक यात्रामा चक बेरीले कैयौं लोकप्रिय गीत गाएका छन ।

उनले गाएका रोल ओभर बिथोवन, जानी वी गुड लगायतका गीतहरु निकै चर्चित छन । उनले १९ सय ८४ मा ग्रैमी लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए । बेरी १९ सय २६ मा मिसौरीको सेंट लुइमा जन्मिएका थिए ।