अमेरिका विरुद्व आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

काठमाण्डौ,५ वैशाख । उत्तर कोरियाले अमेरिकाले कुनै सैनिक कारबाही गरे आफू पूर्ण रुपमा युद्धमा होमीन तयार रहेको बताएको छ ।

उत्तर कोरियाका उप विदेशमन्त्री हाङ सोङ योलले अमेरिकाले आक्रमण गर्न लागेको सङ्केत पाउने बित्तिकै परमाणु हमला गर्ने चेतावनी दिए । हानले प्योङयाङले हप्तामा , महिनामा र वर्षमा थप क्षेप्यास्त्रहरु परीक्षण गर्ने पनि जनाए ।

यसअघि अमेरिकी उपरराष्ट्रपति माइक पेन्सले आफ्नो परामाणु कार्यक्रमलाई निरन्तरता दिएर अमेरिकी धैर्यको परीक्षा नलिन उत्तर कोरियालाई चेतावनी दिएका थिए ।