अमेरिकाले पठायो कोरियाली समुद्रमा युद्धपाेत

काठमाण्डौं,२७ चैत्र । अमेरिकी सेनाले हमला गर्नमा सक्षम युद्वपोतलाई कोरियाली प्रायदिपतर्फ बढ्न आदेश दिएको  छ  ।

हमला गर्न सक्षम कार्ल विनसन युद्धपोतमा एअर क्राफ्ट समेत रहेका छन । ।अमेरिकि प्यासिफीक कमाण्डले दक्षिण प्यासिफिक तर्फ तैनाथ भएको युद्धपोत पूरा तयारी भएको बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु धम्कीको प्रतिउत्तर दिन अमेरिका एक्लै सक्षम रहेको साबित गरेर छोडने बताए ।

अमेरिकी प्यासिफिक कमाण्डका प्रवता डेब बेनहमले भने यो क्षेत्रको सबैभन्दा खतरा उत्तर कोरिया हो । उत्तर कोरिया गैरजिम्मेवारीपूर्ण काम गरिरहेको छ र परमाणु हतियार ले झन खतरा पैदा गरिरहेको छ ।