August 24, 2017

अमेरिकाले निहु खोजे विश्वयुद्धको स्थिति निम्तिने उत्तर कोरियाको चेतावनी

काठमाण्डौ ५ बैशाख । उत्तर कोरियाले आफनो आणविक गतिविधि  निरन्तर रहने स्पष्ट पारेको छ ।

उत्तर कोरियाका एक वरिष्ठ अधिकारीले बिबिसीलाई अन्तवार्ता दिंदै संयुक्त राष्ट्रसंघ र विश्व शक्ति राष्ट्रको प्रतिबन्धका बावजुद आफनो मिसाइल परीक्षणको कार्यक्रम जारी रहने बताए ।

उत्तर कोरियाका सहायक बिदेश मन्त्री हान सङ र्योलले साप्ताहिक, मासिक र वार्षिक रुपमा आणविक परीक्षण गरिरहने चेतावनी दिए ।

अमेरिकासंग सैन्य तनाव बढिरहेकाबेला आफनो आणविक कार्यक्रम भनै आवश्यक भएको उनले बताए । अमेरिकाले सैन्य शक्ति प्रयोग गरे विश्व युद्धको स्थिति आउने बताए ।

यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासंगको रणनीति धैर्यताको सीमा नाघिसकेको बताउ“दै अमेरिकासंग नजिस्किन उत्तर कोरियालाई चेतावनी दिएका थिए ।