October 22, 2017

अमेरिकामा नेपाली नयाँ वर्षको रौनक

अमेरिका, ५ वैशाख । अमेरिकामा रहेका नेपालीहरुले विभिन्न कार्यक्रम गरी नयाँ वर्ष २०७४ मनाइरहेका छन् । नयाँ वर्षमा घरदेश फर्कन नपाएका नेपालीहरुले विभिन्न कार्यक्रम गरेर नयाँ वर्ष मनाएका हुन् ।

विगत एक साता यता नेपाली समुदायको बाक्लो बस्ति रहेका विभिन्न राज्यहरुमा नयाँ वर्षको अवसर पारेर नेपाली समुदायले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

मेरिल्याण्डका सुदूरपश्चिमबासीहरुले आयोजना गरेको कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेका नेपालका ७ वटै प्रदेशका नेपाली समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो । अमेरिकी व्यस्त दैनिकी बाट केही समय निकाली अपन्त्व र भाईचारा वृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ थियो ।

संचारकर्मी रमेश भट्टराईले संचालन गरेको कार्यक्रम आयोजक कमिटीका संयोजक मोहनजंग शाहीको संयोजकत्वमा सम्पन्न भएको थियो ।