October 23, 2017

अमेरिकामा डेमोक्र्याटिक पार्टीको अध्यक्षमा टोम पेरेज चयन

काठमाण्डौ,१४ फाल्गुन । अमेरिकामा डेमोक्र्याटिक पार्टीको अध्यक्षमा पूर्व श्रम सचिव टोम पेरेज चयन भएका छन ।

पार्टी भित्र भएको दोस्रँे चरणको निर्वाचनमा पनि बहुमत हासिल गरेपछि टोम पार्टी अध्यक्ष चयन भएका हुन । टोम पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनमा समेत आबद्ध थिए ।

डेमोक्र्याटिक पार्टीको सभापति हुने उनी पहिलो ल्याटन नागरिक हुन । पार्टी नेतृत्वमा निर्वाचित भए लगत्तै टोमले राष्ट्रपतिमा डोनाल्ड ट्रम्प चुनिएपछि गुमेको पार्टीको आत्मविश्वास फर्काउने प्रतिबद्धता जनाएका छन । एजेन्सी