October 19, 2017

अमेरिकाद्वारा ८ राष्ट्रका हवाईयात्रीलाई ल्यापटप र ट्याबलेटजस्ता उपकरण ल्याउनमा प्रतिबन्ध

काठमाण्डौ, ८ चैत्र । मुस्लिम बाहुल्य भएका देशका नागरिकलाई अमेरिकमा प्रवेश गर्न रोक लगाउने ट्रम्पको आदेश विफल भएसँगै अमेरिकाले फेरी अर्काे फैसला गरेको छ ।

अमेरिकाले मध्यपूर्वी र उत्तरी अमेरिकी देशबाट ल्यापटप र ट्याबलेटजस्ता विद्युतीय उपकरण लगेजमा प्रतिबन्ध लगाउन लागेको हो ।

अमेरिकी सरकारी स्रोतलाई उद्धृत गर्दै बिबिसीले यो फैसलाले १० मध्ये ९ वटा विमास्थलमा असर पर्ने बताएको छ ।

यो कारबाही सबै ठूला विद्युतीय उपकरणहरु– ल्यापटप, ट्याबलेट, क्यामेरा र डिभिडी प्लेयर्समा लागू हुनेछ । तर मोबाइल फोन र स्मार्टफोन लगेजमा ल्याउन सकिन्छ ।

अमेरिकाको घरजग्गा सुरक्षा विभाग (डिएचएस) ले यसबारे प्रतिक्रिया जनाएको छैन र यो निर्णयलाई घोषणा गर्न सक्ने बताइएको छ ।