August 19, 2017

अमेरिकाद्वारा सिरियाको होम्स नगरमा आक्रमण

काठमाण्डौ,२५ चैत्र । अमेरिकाले सिरियामा मिसाइल आक्रमण गरेको छ । पचासभन्दा धेरै टोमाहक क्षेप्यास्त्र भूमध्यसागरमा रहेको अमेरिकी नौसैनिक युद्वपोतबाट प्रहार गरेको अमेरिकी अधिकारीहरुले बताएका छन ।

सम्वाददाताहरुसंग बोल्दै राष्ट्रपति ट्रम्पले रासायनिक हमला गरिएको सिरियाली हवाई अखाडामा अमेरिकी सैन्य कारवाहीको आफूले आदेश दिएको बताए । उनले भने, रासायनिक अस्त्रको विस्तार र प्रयोग अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थ विपरित रहेकोे छ । सिरियाले भने अमेरिकी आक्रमणको भत्सर्ना गरेको छ  ।

केही दिन अगाडि उत्तरी सिरियामा रासायनिक अस्त्रले हमला गर्न प्रयोग गरिएकोे होम्स नगरमा रहेको सिरियाली हवाई अखाडालाई पनि क्षेप्यास्त्र प्रहारको निशाना अमेरिकाले बनाएको छ । आक्रमणको केहि अघि रुसले सिरिया विरुद्धको अमेरिकी सैनिक कारबाहीले नकारात्मक परिणाम निम्त्याउने चेतावनी दिएको थियो ।