August 21, 2017

अमेरिकाद्वारा शक्तिशाली बम प्रहार

काठमाण्डौ,१ वैशाख । अमेरिकी सेनाले अफगानिस्तानमा इस्लामिक स्टेट विरुद्ध हालसम्मकै सबैभन्दा शक्तिशाली परमाणु बम प्रहार गरेको छ ।

पेन्टागनले अहिलेसम्म कुनै पनि द्वन्द्वमा प्रयोग गरेमध्येको सबैभन्दा शक्तिशाली उक्त बमको शक्ति ११ टन टिनटी बराबर भएको बताएको छ ।

मदर अफ अल बम्सु भनिने उक्त बम इस्लामिक स्टेटले प्रयोग गर्ने गुफाहरुलाई लक्षित गरी पूर्वी अफगानिस्तानको नाङ्गहार प्रान्तमा  खसालिएको थियो ।

पाकिस्तानी सीमा नजिकै अवस्थित गुफै गुफा रहेको उक्त दुर्गम पहाडी क्षेत्रमा पातलो मानवबस्ती रहेको पाइएको छ । यो विस्फोटमा र्दजनौं मारिएको आशंका गरिएको छ ।