October 24, 2017

अमेरिकाद्वारा नभाल्नीको रिहाई माग

काठमाण्डौ,१४ चैत्र ।अमेरिकी विदेश मन्त्रालयले भ्रष्ट्राचार विरोधी प्रदर्शनका क्रममा पक्राउ पारिएका विपक्षी नेता एलिक्से नभालनी सहितका प्रदर्शनकारीहरुको रिहाइको माग गरेको छ ।

मस्को र देशका विभिन्न शहरहरुमा भएका विरोध र्यालीबाट नभालनी सहित ९ सय जना आइतबार पक्राउ परेका थिए । ती मध्ये अधिकांश प्रदर्शन सरकारको स्वीकृति नलिई गैरकानुनी रुपमा आयोजना गरिएका थिए। प्रदर्शनकारीले पदको दुरुपयोग गैरकानुनि सम्पति कमाएको आरोप लगाउँदै रुसी प्रधानमन्त्री डिमित्री मेडभेडेभको राजीनामा मागेका थिए ।