June 23, 2017

अमन्दा सिएफ्रेड पनि ह्याकरबाट बच्न सकिनन्

काठमाण्डौ, ५ चैत्र । हामी सोच्छौ कलाकारहरुको जीन्दगि क्या गज्जब छ । तर यो पेसा जति ग्ल्यामर छ त्यति नै धेरै तनाब पनि बेहोर्नपर्छ । विशेषगरी महिला कलाकार यसको लफडमा नराम्रोसँग पर्ने गर्दछन् ।

विशेषगरी अर्कासँग सम्बन्ध जोडिएका समाचारले कलाकार जगत् तात्तिने गर्दछ । फेरी यस्ता कुरा बाहिर ल्याउन मिडिया पनि साइत हेरेर बसिराखेको हुन्छ ।

हलिउड अभिनेत्री अमन्दा सिएफ्रेड पछिल्लो सेलीब्रेटी हुन् जसको व्यक्तिगत तस्बिर ह्याक भएको छ ।

ह्याक भएका तस्बिर अर्धनग्न छन्, जसमा गोप्य पलहरु देखाइन खोजेका छन् । उक्त तस्बिरमा उनका पूर्वप्रेमी जस्टिन लङ भएको हुनसक्ने अनुमान गरिएको छ ।

अर्की हलिउड अभिनेत्री इमा वाट्सनको तस्बिर लिक भए लगत्तै अमन्दा पनि यसको शिकार बनेकी हुन् ।