अब सरकारको आयु २ महिना मात्र–ओली

२७ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु २ महिना मात्र रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघको केन्द्रीय समितिको बैठकलाई बिहीबार ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आईजीपी नियुक्तिमा सत्तारुढ दलबीच देखिएको विवादले सरकार अकालमै ढल्न सक्ने देखिएको बताएका छन् । उनले सरकार नाफामुखि भएको आरोप लगाउँदै सरकारले तिथिलाईभन्दा आफ्नो लाभलाई प्राथमिकता दिएको तर्क गरेका छन् ।

सरकारले भूकम्प पीडितलाई राहत दिने कामलाई समेत आफ्नो निजी लाभहानीको विषयसँग जोडेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । अध्यक्ष ओलीले संसद बैठक फागुन १० गतेसम्म पछि सारिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

अध्यक्ष ओलीले नेपालमा महिला हक, अधिकारको क्षेत्रमा असाधारण उपलब्धि भएको पनि उल्लेख गरेका छन् ।