August 17, 2017

अब विद्यालयले ३ हजार ६ सय भन्दा बढी शुल्क लिन नपाउने

काठमाण्डौ,२४ चैत्र । शिक्षा कार्यालय काठमाडौंले अधिकतम ३ हजार ६ सय रुपैयाँ मात्र फिस लिन पाउने गरी विद्यालय शुल्क सीमा तोकेको छ ।
साथै विद्यालयले लिने शुल्कको शीर्षकसमेत खुलाउनुपर्ने छ । भर्ना, मासिक, वार्षिक र वर्षभरि गरिने विविध कार्यक्रममा लाग्ने शुल्क मात्र लिन पाइने छ । त्यसका लागि विद्यालय वर्गीकरणसमेत गरेको जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यले बताए । शुल्क अनुगमन समितिले ३ महिनाअघि काठमाडौंका आधारभूत र माध्यामिक तहका विद्यालयलाई ४ श्रेणीमा वर्गीकरण गरी शुल्क सीमा निर्धारणको सिफारिस गरेको थियो ।

आचार्यका अनुसार कक्षा १ देखि ५ सम्मका घ वर्गले १ हजार १ सय ८१ ग वर्गले १ हजार ५ सय ७५, ख वर्गले १ हजार ९ सय ६९ र क वर्गले बढीमा २ हजार ३ सय ६३ रुपैया लिन पाउनेछन । आधारभूत तहकै कक्षा ६ देखि ८ सम्मको घ वर्गले एक हजार ३ सय ५०, ग ले एक हजार ८ सय ख ले २ हजार २ सय र क वर्गले बढीमा २ हजार ७ सय रुपैयाँ लिन पाउनेछन माध्यामिक तह ९ र १० कक्षासम्म सुचारु विद्यालय घ वर्गले एक हजार ८ सय ३८ ग वर्गले २ हजार ४ सय ५० ख वर्गले ३ हजार ६३ र क वर्गले बढीमा ३ हजार ६ सय ७५ रुपैयाँसम्म लिन पाउनेछन ।

यो शुल्क लिने विद्यालयले शिक्षकको तलब सरकारले तोकेसरह बैंकमार्फत भुक्तानी गर्नुपर्छ यो खबर आजको कान्तिपुर दैनिकमा छ ।