August 16, 2017

अब भिटामिन ‘बी’ ले बचाउनेछ वायु प्रदूषणबाट

काठमाण्डौ, ११ चैत्र । एक अध्ययनका अनुसार अब भिटामिन बी ले मानिसलाई वायु प्रदूषणबाट केही हदसम्म बचाउन सक्छ ।

अमेरिकी अनुसन्धानकर्ताका अनुसार, भिटामिन बी को मात्रा बढि लिनाले वायु प्रदूषणबाट हुने नोक्सानलाई कम गर्न सकिन्छ । तर यो अनुसन्धान सीमित मानिसहरुमा मात्र गरिएको हो ।

वायु प्रदूषणले दिमागलाई पनि नोक्सान पुर्‍याउँछ–

दुँनियाभर वायु प्रदूषणको चपेटामा पर्ने मानिसको संख्या बढ्दैछ । तर यसबाट प्रत्यक्ष रुपमा असर परेको मानिसहरुको संख्या ठ्याक्कै पत्ता लगाउन सँकिदैन ।

९० प्रतिशत जनसंख्या प्रभावित–

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभरिका ९० प्रतिशत जनता यसबाट प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।

वायु प्रदूषणमा सबैभन्दा खतरनाक पीएम २.५ (फाइन पार्टिकुलेट मिटर) लाई मानिन्छ । पीएम २.५ डिजेल कार, स्टोभ र अरु ग्यासको मिश्रणबाट उत्पन्न हुने गर्दछ । यस्तो कण मानव शरीरमा प्रवेश गरिसकेपछि हृदय र मुटुसम्बन्धी रोग लाग्दछ ।

हर १० जनामध्ये १ जनाको मृत्यु वायु प्रदूषणबाट हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

विशेषज्ञहरुका अनुसार, भिटामिन बी को मात्रालाई बढाएको खण्डमा २८ देखि ७६ प्रतिशतसम्म पीएम २.५ को असरलाई कम गर्न सकिन्छ ।    एजेन्सीकाे सहयाेगमा