अब प्लेब्वाय पत्रिकाले नाङ्गा फोटा छाप्ने

काठमाण्डौ, ३ फाल्गुन । युवाहरुका बीच चर्चित पत्रिका प्लेब्वायले अब देखि नाङ्गो फोटो छाप्ने घोषणा गरेको छ ।
पत्रिकाका क्रियटिभ अधिकृत कुपर हेफनरले यस अघि गरिएको पत्रिकाको नाङगो फोटो नछाप्ने निर्णय गलत भएको बताएका छन ।
हेफनरले सामाजिक संजाल ट्विटरमा लेखेका छन ‘हामी को हौं भनेर आफ्नो पहिचान देखाउन चाहान्छौं ।’
हेफनर पत्रिका प्रकाशकका छोरा हुन उनी अहिले २६ वर्षका भए । अमेरिकाबाट प्रकाशित हुने यस पत्रिकाले आफ्नो मार्च, अप्रिलको अंक प्रकाशित गरेको छ ।
नाङ्गो फोटो छाप्ने निर्णयको सामाजिक सञ्जालहरुमा स्वागत गरिएको छ भने कतिपयले पत्रिकाको बिक्रीमा कमी आएका कारण प्रकाशकले यस्तो निर्णय गरेको हुनसक्ने प्रतिक्रिया दिएका छन ।
अश्लील सामाग्रीको सहज पहूच रहेका बेला पत्रिकाको यस्तो निर्णयको खासै अर्थ नरहने प्रतिक्रिया पनि आएका छन ।
सामाजिक सञ्जालहरुमा आएका प्रतिक्रियाको जवाफमा हेफनरले सोमबार ट्विटरमा लेखेका छन ‘हरेक व्यक्तिले अब स्वीकार गर्नेछ कि यस अघि प्लेब्वायमा प्रस्तुत नग्नता अब पुरानो भइसक्यो ।’
उनले पुनः लेखेका छन ‘नग्नता कहिले पनि समस्या थिएन, किनकी नग्नता समस्या होइन ।’
प्लेब्वाय पत्रिकाको स्थापना सन् १९५३ भएको थियो । पत्रिकाले सन् २०१६ मा नाङगो फोटो छाप्न बन्द गरेको थियो ।
पत्रिकाका प्रकाशक भन्छन ‘इन्टरनेटले नग्नतालाई पुरानो बनाइ सक्यो । अश्लील पत्रिकाको व्यवसाय अब नाफामूलक रहेन ।’
कुनै समय प्लेब्वाई पत्रिका सर्वाधिका विक्रि हुने पत्रिकामा सूचीकृत थियो । यो पत्रिका ५० लाख ६० हजार प्रतिसम्म प्रकाशित भएको रेकर्ड छ । (बिबिसीबाट)