अब नगदबिनै कारोबार

काठमाण्डौ, ५ असार । सरकारले नगदरहित कारोबारमा आधारित ‘मोबाइल मनी’ प्रविधि छिट्टै सार्वजनिक गर्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकको संयुक्त पहलमा मोबाइल मनी सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको हो । मोबाइल मनी भनेको मोबाइल प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था हो । जुन नगदरहित (क्यासलेस) हुनेछ ।

‘हामी साउनदेखि पूर्ण रुपमा प्रयोग हुने गरी मोबाइल मनी सार्वजनिक गर्दैछौं,’ प्राधिकरणका अध्यक्ष दिगम्वर झाले भने, ‘यसबाट नगदरहित कारोबार सुरु हुन्छ ।’मोबाइल मनी सुरु गर्ने विषयमा प्राधिकरण र राष्ट्र बैंकका प्रतिनिधिको एक कार्यदल बनिसकेको छ ।

उक्त प्रविधि सार्वजनिक गर्न राष्ट्र बैंक र प्राधिकरणबीच छलफल भइसकेको र कार्यविधिको मस्यौदा समेत तयार भइसकेको झाले बताए । याे खबर नागरिक दैनिकमा छ ।